Section 3
सार्वजनिक सडकहरूको वर्गीकरण तथा तिनको सडक सीमा
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सडकलाई देहाय बमोजिम वर्गीकरण गरी त्यस्तो सडकको केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर एकतीस मीटरमा नबढाई सडक सीमा तोक्नेछ । तर एकै किसिमको सडकको सम्पूर्ण लम्बाईमा पनि भौगोलिक स्थिति (टोपोग्राफी) र बस्तीको कारण त्यस्तो सडक सीमा कम वेग गर्न वा पुल तथा पुलको वरपर नदीको तटवन्ध सुरक्षाको लागि चार किल्ला समेत खोली आवश्यक सीमा तोक्न सक्नेछ ।
(क) राजमार्ग,
(ख) सहायक मार्ग,
(ग) जिल्ला मार्ग, र
(घ) शहरी मार्ग ।
(क) राजमार्ग,
(ख) सहायक मार्ग,
(ग) जिल्ला मार्ग, र
(घ) शहरी मार्ग ।